सेती प्रादेशिक अस्पतालमा कर्मचारी भर्नामा शक्ति केन्द्रहरुको दवाव

  शुक्रबार २४, चैत २०७९ १०:०६

धनगढी । सेती प्रादेशिक अस्पतालको कर्मचारी भर्ना प्रकृयामा आफ्ना मान्छेलाई नियुक्त गर्न चौतर्फी दवाव परेको छ । अस्पतालले बिभिन्न पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको थियो ।

अस्पतालले बिशेषज्ञ चिकित्सक, नर्स, अनमी, एचए, रेडियोलोजिष्ट, ल्याव टेक्निसियन लगायतका पदमा कर्मचारी भर्नाका लागि आह्वान गरेको दरखास्तमा १०८० जनाले निवेदन दिएका थिए ।

कर्मचारी भर्नाका लागि निवदेन परेसंगै अस्पताल प्रशासनलाई आफ्ना मान्छे भर्ना गर्न चौतर्फी दवाव परेको हो ।
तर अस्पताल प्रशासन भने कसैको करकाप, दवाव र प्रलोभनमा नपरी निष्पक्ष र स्वतन्त्र ढंगले कर्मचारी भर्ना गर्ने प्रकृया अघि बढाउने अडानमा छ ।

अस्पताल स्रोतका अनुसार अस्पताल विकास समितिका अध्यक्ष, प्रदेश सरकार र लगायत बिभिन्न पक्ष र शक्तिकेन्द्रले आफ्ना मान्छे भर्ना गर्न दवाव दिदै आएका छन् । निवदेन दिएका मध्ये अधिकांशले बिभिन्न शक्तिकेन्द्र मार्फत अस्पताललाई दवाव दिएको स्रोतले बतायो ।

कतिपय निवेदनकर्ताका लागि त थुप्रै व्यक्ति र शक्ति केन्द्रबाट दवाव आएको छ, अस्पताल प्रशासन स्रोतले भन्यो, कसैको दवावमा नपरी सामाजिक विकास मन्त्रालयको निर्देशिका अनुसार निष्पक्ष ढंगले कर्मचारी भर्ना गर्ने कुरामा हामी दृढ छौ ।

आफ्ना मान्छेहरुलाई भर्ना गर्न नसकिने भएपछि कतिपय शक्तिकेन्द्रहरुले हाललाई भर्ना प्रकृया नै स्थगित गर्न समेत दवाव दिएको स्रोतले बतायो ।

clock शुक्रबार २४, चैत २०७९ १०:०६

प्रतिक्रिया