प्रधानमन्त्रीलाई भीम रावलको प्रश्न : लाखौं मान्छे सडकमा उतार्ने धम्की कसलाई दिनुभएको हो ?

  मङ्गलबार ३०, असोज २०८० १७:२१

काठमाडौं। एमालेका नेता डा. भीम रावलले भारतीय प्रधानमन्त्रीको कालापानी क्षेत्रको पछिल्लो भ्रमणबारे प्रधानमन्त्री प्रचण्ड चुइक्क नबोलेको भन्दै आपक्ति जनाउनु भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई सडकमा लाखौं मानिस उतार्ने धम्की कसलाई दिनुभएको हो ? भन्दै प्रश्न रावलले प्रश्न समेत गर्नुभएको छ ।

सोमबार प्रधानमन्त्री दाहालले समाजवादी मोर्चाद्वारा धनगढीमा आयोजित कार्यक्रममा सडकमा लाखौं मानिस उतार्ने बताएपछि रावलले सामाजिक संजालमार्फत यस्तो प्रश्न गर्नुभएको हो।

उहाँले अतिक्रमित नेपाली भूमिमा भारतीय प्रधानमन्त्रीको प्रवेशबारे केही नबोल्ने तर सडकमा मानिस उतार्ने आफ्नो लागि या विदेशी हस्तक्षेपका विरोधीलाई हो ? भनी कटाक्ष समेत गर्नुभएको छ ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतीय अतिक्रमणमा परेको र भारतीय प्रधानमन्त्रीले नेपालको बिना जानकारी भ्रमण गरेर नांगो हस्तक्षेप गरेको उहाँले बताउनु भयो ।

clock मङ्गलबार ३०, असोज २०८० १७:२१

प्रतिक्रिया