प्रादेशिक आयुर्वेद चिकित्सालयको उद्घाटन

  बुधबार २२, चैत २०७९ १२:३०

धनगढी । कैलालीमा नवनिर्मित प्रादेशिक आयुर्वेद चिकित्सालयको उद्घाटन गरिएको छ । धनगढी उपमहानगरपालिका–१३ राजपुरमा बनेको चिकित्सालयको आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका हुन ।

५० शय्याको चिकित्सालय ३४ करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो । चिकित्सालयबाट ल्याब, ओपीडी, पूर्व कर्म, पञ्चकर्म लगायतका सेवा प्रदान भइरहेको वैद्य निरीक्षक सुरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

चिकित्सालयमा पेट समस्या, पाइल्स, फिस्टुला, बाथ लगायतको उपचार हुने गरेको जनाइएको छ। उद्घाटन अवसरमा भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाको पनि उपस्थिति रहेको थियो ।

clock बुधबार २२, चैत २०७९ १२:३०

प्रतिक्रिया