एमाले सुदूरपश्चिमकाे उपाध्यक्षमा शाही सर्वसम्मत, अन्य पदाधिकारीमा सहमति खाेजिदै

  बुधबार २४, असोज २०८० १७:०४

धनगढी । धनगढीमा जारी नेकपा एमाले सुदूरपश्चिम प्रदेश प्रथम अधिवेशन सहमति नजिक पुगेको छ । निर्वाचन प्रक्रिया अघि बढे पनि सहमतिबाटै पदाधिकारी चयन गर्न केन्द्रको निरन्तरको दबाब पछि नेताहरू सहमति नजिक पुगेका छन् ।

उपाध्यक्षका उम्मेदवार बलदेव रेग्मी, हजारीसिंह साउँद,रण बहादुर महराले उम्मेदवारी फिर्ता लिए पछि काली बहादुर शाही सर्वसम्मत निर्वाचित भएका छन् ।


अध्यक्षमा मनोनयन दर्ता गराएका वचनबहादुर सिंह र कमलप्रसाद तिमिल्सिनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन कमिटीको कार्यालयले सिंह र तिमिल्सिनाले उम्मेदवारी फिर्ता लिएको जनाएको छ ।

नेताहरूका बिचमा अछामका कृष्णप्रसाद जैसीलाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति भए पनि अछामकै भरत साउदको उम्मेदवारी कायम छ । साउदसँग अहिले संवाद भइरहेको छ ।


सचिव पदका उम्मेदवार जीवन बम र उपसचिव पदका उम्मेदवार पल्लभराज भट्टले पनि उम्मेदवारी फिर्ता लिइसकेका छन् ।
अध्यक्षमा जैसी,सचिवमा कैलालीका रणबहादुर चन्द, उपसचिव कैलालीकै नेपालु चौधरी र कञ्चनपुरकी कलसा महरालाई बनाउने गरी नेताहरू छलफलमा छन् ।

clock बुधबार २४, असोज २०८० १७:०४

प्रतिक्रिया