डोटीको शिखर नगरपालिका सुत्केरीलाई पोषणयुक्त खानेकुरासँगै न्यानो कम्मल वितरण

  मङ्गलबार २१, चैत २०७९ १६:१८     विश्वास खबर

डोटी । डोटीमा सुत्केरीलाई पोषणयुक्त खानेकुरासँगै न्यानो कम्मल वितरण गरिएको छ। डोटीको शिखर नगरपालिकाले २२५ जना सुत्केरीलाई पोषणयुक्त खानेकुरा, सरसफाइका सामग्री र न्यानो लुगा वितरण गरेको हो। 

उपमेयरसँग महिला कार्यक्रमअन्तर्गत एक दिनदेखि तीन महिनासम्मका सुत्केरीलाई पोषणयुक्त खानेकुरासँगै न्यानो कम्मल वितरण गरिएको स्वास्थ्य शाखा संयोजक हरिश शाहले बताए।

पोषणयुक्त खानेकुरा खाने र सरसफाइ गर्ने बानीको विकास होस् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको नगरउपप्रमुख सुनिता रावलले बताए।

सुत्केरीलाई नजिकको स्वास्थ्य संस्थामा बोलाएर सामग्री वितरण गर्नुका साथै सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिने गरिएको छ। नगरपालिकाले अन्डा, दाल घ्युजस्ता खानेकुरा पनि उपलब्ध गराएको छ।
 

clock मङ्गलबार २१, चैत २०७९ १६:१८     विश्वास खबर

प्रतिक्रिया