तनहुँ –१ मा कांग्रेसका गोविन्द भट्टराइले दर्ता गराए उम्मेदवारी

  सोमबार २०, चैत २०७९ १५:३४

काठमाडौं । तनहुँ –१ मा प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गर्नुभएको छ । भट्टराईले सोमबार दिउँसो उम्मेदवारी दर्ता गराउनु भएको हो । 

भट्टराई सत्ता गठबन्धनमा रहेका दलहरुको साझा उम्मेदवार बन्नु भएको हो । गत फागुन २५ गते रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएवपछि तनहुँ १ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।

वैशाख १० मा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा।स्वर्णिम वाग्लेले उम्मेदवारी दिदैं हुनुहुन्छ । नेकपा एमालेका तर्फबाट भने सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

clock सोमबार २०, चैत २०७९ १५:३४

प्रतिक्रिया