चितवनमा बस दुर्घटना, ३३ जना घाइते

  शुक्रबार १४, कार्तिक २०८२ ०६:५४

चितवन । गौरबाट काठमाडौंतर्फ गइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । 

यहाँस्थित सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेहरुको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पुर्‍याइएको छ । घाइते सबैको अवस्था सामान्य छ ।  

 आज बिहान भएको  दुर्घटनाका कारण केही समय अवरुद्ध भएको सडक केहीबेरअघिदेखि सञ्चालनमा आएको छ ।  रासस

clock शुक्रबार १४, कार्तिक २०८२ ०६:५४

प्रतिक्रिया