अन्तराम विष्टको देउर्‍या बोलको देउडा गीत सार्वजनिक

  शुक्रबार २२, भदौ २०८० १६:३६

धनगढी। देउडा गायक अन्तराम विष्टको देउर्‍या बोलको देउडा गीत सार्वजनिक भएको छ। २७ वर्षअघि रेकर्ड गरिएको चर्चित एलबम बरयातको ‘देउर्‍या’ बोलको देउडा गीतको शब्द परिमार्जनसहित विष्टले म्युजिक भिडियो बजारमा ल्याएका हुन्।

विष्टले आफ्नो व्यक्तिगत युट्युब च्यानलबाट बुधवार उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। आफैले सिर्जना गरेको गीत विष्ट र गायिका कृष्णा सिराडीको स्वरमा रहेको छ। २७ वर्षअघि भने गायिका पवित्रा घर्तीमगरले गितमा स्वर दिएकी थिइन्। गीतले देवर र भाउजुबिचको आत्मीयतालाई उजागर गर्ने प्रयास गरेको छ।

२७ वर्ष पहिले मैले सिर्जना गरेर बजारमा ल्याएको यो गीत पुरानो भाकामा रहेको छ। अहिले केही शब्द परिमार्जन गरेर समाजसापेक्ष बनाउने प्रयास गरेको विष्टले बताए । ‘यो मेरो लामो समयको विश्राम ग्याब पछिको निरन्तरता स्वरूप ल्याएको हुँ। अब देउडा गायनमा निरन्तरता दिने प्रयास गर्ने बताए । विष्टले पहिलेको समयमा सुदूरपश्चिममा देउडा गायिकाको अभाव रहेका कारण पूर्वतिरका गायिकामार्फत स्वर दिने गरेकोमा भाषा प्रस्ट नहुँदा केही अन्योलता सिर्जना गरेको अनुभव सुनाए।

तर, अहिले भने अहिले प्रदेशकै गायिकालाई स्थान दिइएको बताउदै श्रोता तथा दर्शकले रुचाउने विश्वास उनको छ। २०६६ सालदेखि देउडा गायन छाडेर शिक्षण पेशामा आबद्ध भएका बिष्टले स्रोत तथा पाठकको मायाले फेरी सांगितिक क्षेत्रमा फर्काएको समेत बताउदै अब निरन्तरता दिने बताएका छन्।

‘टिकट र फेसबुकमा लाइभ बस्दा धेरै दर्शकले नयाँ गीत कहिले सुन्न पाइन्छ भनेर सोध्ने, चासो राख्ने गर्नुभएको थियो। उहाँहरूको प्रतीक्षाको घडी ‘देउर्या’ले पूरा गरेको छ,’ उनले भने, ‘छिट्कै नयाँ भाकामा आधारित भएर अर्को गीत ल्याउने तयारीमा छु।

स्रोत तथा दर्शकको मायाले फेरी सांगितिक क्षेत्रमा निरन्तरता दिने प्रयास गर्ने बताए। २०२७ सालमा बैतडीको पाटनमा जन्मिएका बिष्ट २०५१ सालमा गायन क्षेत्रमा प्रवेश गरेका हुन् । विष्टले २४ वटा एलबम निकालिसकेका छन्। ७ सय गीतमा स्वर दिएका छन्। पुरुषका जुँगाका बारेमा गाइएको बिष्टको घोप्ट्या जुङ्गा गीत निकै चर्चित भएको थियो। उक्त गीतले २०६६ सालमा डोटेल भाषाको देउडा गीत मध्येकै उत्कृष्ट भएको थियो।

clock शुक्रबार २२, भदौ २०८० १६:३६

प्रतिक्रिया