जिल्ला अस्पताल बझाङमा जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या

  सोमबार १८, भदौ २०८० ०९:३२

बझाङ । जिल्ला अस्पताल बझाङमा आवश्यकता अनुसार स्वास्थ्यकर्मी नहुँदा दैनिक सेवा प्रवाहमा समस्या भयको छ ।  १५ शैयाको जिल्ला अस्पताल बझाङमा करारमा कार्यरत तीन जना मेडिकल अधिकृत चिकित्सकले  छोडेर गएपछि अहिले चार जना मेडिकल अफिसरको भरमा सेवाहरू सञ्चालन गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ  । 

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट  डाक्टर नवराज जोशीका अनुसार जिल्ला अस्पतालमा काम गदै आउनुभएका चार जना चिकित्सक कोही पढाइका लागी त कसैले अन्य प्रोजेक्टमा अवसर पाएपछि  छोडेर गएका छन् । 

छोडेर गएका डाक्टरको ठाउँमा  नयाँ डाक्टर सरकारले पठाएको छैन । पठाइ दिन प्रदेश तथा सॅघमा धाउँदा पनि  सम्बन्धित  निकाय वाट सुनुवाइ नहुँदा समस्या भयको उहाँको भनाई छ ।

अस्पताल विकास समितिका अध्यक्ष सोनु सिंहले भन्नु भयो पटक पटक सॅघ र प्रदेशमा डाक्टर पठाइदिन अनुरोध गर्‍यौ तर ऐल सम्म सुनुवाइ भयको छैन ,स्वास्थ्य जस्तो सॅवेदनशिल ठाउँमा डाक्टर नहुँदा सारै समस्या छ ।

डाक्टर पठाउनुपर्नेमा कुनै चासो छैन यता  बिरामीको सङ्ख्या दिनदिनै बढ्दै छ, यस्तो अवस्थामा अस्पतालमा केही भवितव्य आइपरे जिम्मेवारी को बन्ने  भन्ने प्रश्न उठेको अध्यक्ष सिंहको भनाई छ । 

चिकित्सकले छोडेर जाने बित्तिकै विभिन्न  निकायमा बारम्बार कुरा गर्दा ,पत्राचार गर्दा कुनै सुनवाइ नभएको अस्पतालले जनाएको छ । अहिले जिल्ला अस्पताल बझाङमा ४ जना मेडिकल अधिकृत  डाक्टरले बिरामीलाई २४ सै घण्टा हेर्नु परेको छ ।
अस्पतालमा हाल दैनिक २ सय जना भन्दा बढी बिरामी आउने गरेको भय पनि चिकित्सक अभावमा समयमै सेवा दिन समस्या भएको बताएको छ ।

निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जोशीले भन्नुभयो बिरामीहरू समयमै उपचार पायनौ भनेर गुनासो गरिरहेका हुन्छन् ,हामी सँग पर्याप्त जनशक्ति छैन , छिटो छरितो तथा प्रभावकारी सेवा दिन लागि परे पनि सम्भव छैन । 

अस्पतालमा हाल  डेङ्गु र स्क्रव टाईफसका बिरामीको सॅख्या धेरै हुँदा अस्पतालमा दैनिक भिडभाड  बढ्ने गरेको छ । पर्याप्त जनशक्ति नहुँदा अन्तरंग सेवा,ईमेरजेन्सी, प्रसूति सेवा,एक्स-रे, भिडियो एक्स-रे, शल्यक्रिया, नवजात शिशु तथा वाल रोगका बिरामीलाई सेवा दिन समस्या भएको अस्पताल प्रशासनले जनाएको छ ।

clock सोमबार १८, भदौ २०८० ०९:३२

प्रतिक्रिया