कञ्चनपुरको पुनर्वासमा गर्‍यो मुस्कान डेन्टलले निशूल्क दन्त शिविर, दुई सयले लिए सेवा

  सोमबार २९, साउन २०८० ०९:५६

धनगढी । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ मा निशूल्क दन्त शिविर भएको छ । आइएमई लाइफ इन्स्योरेन्स र मुस्कान डेन्टल होमको संयूक्त आयोजनामा पुनर्वासस्थित अरनिको आधारभुत विद्यालयको प्राङ्गणमा शिवर भएको हो ।

होमका डाक्टर रोशन भट्ट र डाक्टर एलिना क्षेत्री सहितको टोलीले प्रदान गरेको सेवाबाट दुई सय जनाले सेवा लिएका थिए । शिविरमा सेवा लिन आएका व्यक्तिहरुलाई निशूल्क औषधि वितरण गरिएको थियो । 

शिविरबाट सो क्षेत्रका बालबालिका, ज्येष्ठ नागरिक, महिला, पुरुष लाभान्वित भएका छन् । आइएमई र मुस्कानले सामाजिक सेवा अन्तरगत सो क्षेत्रमा निशूल्क दन्त शिविर गरेको हो ।

डेन्टल होमले शिविर गर्नुका साथै विभिन्न संघ संस्थाका अभिभावक, विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुलाई छुटसहितको सेवा दिन सम्झौता पनि गरिरहेको छ । 

प्रदेशमै नभएको एन–क्लास डिजिटल स्टेरिलाईजेसन प्रविधिद्धारा स्टेरिलाईजेसन गरिनुका साथै होममा दाँत खोल्ने, दाँत लगाउने, सफा गर्ने, सास गन्हाउने समस्याको उपचार, कीरा लागेको दाँत भर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँत मिलाउने साथै दाँतको जरैदेखि आरसीटी उपचार गर्ने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँत एक्सरे गर्ने लगायत दाँतसम्बन्धी समस्याको उपचार हुने गरेको होमका सन्दीप शर्माले जानकारी दिए ।

clock सोमबार २९, साउन २०८० ०९:५६

प्रतिक्रिया