राष्ट्रिय युवा संघका नेता कार्यकर्तालाई ठेक्कापट्टामा नलाग्न कञ्चनपुर इन्चार्ज रानाको निर्देशन

  शनिबार २०, साउन २०८० १५:३२

महेन्द्रनगर । नेकपा (एमाले) कञ्चनपुरका इन्चार्ज नारदमुनि रानाले राष्ट्रिय युवा संघका नेता कार्यकर्तालाई ठेक्कापट्टा व्यवसायमा संलग्न नभएर संगठनलाई बलियो बनाउन निर्देशन दिएका छन् ।

राष्ट्रिय युवा संघ भीमदत्त नगर कमिटीको नगर अधिवेशन उद्घाटन समारोहमा उनले ठेक्कापट्टा व्यवसायले युवा संघ र पार्टी राजनीति दुबै कमजोर हुने भएको उल्लेख गर्दैै उनले ठेक्कापट्टा छाड्नु पर्नेमा जोड दिए ।

राष्ट्रिय ‘युवा संघका नेता कार्यकर्ताले सरकारी कार्यालयमा गएर कोटेशनका काम गर्नु भएन, नेता कार्यकर्ता ठेकेदार बन्नु भएन, यो संगठन र पार्टीलाई बलियो बनाउन तपाई सबैले लाग्नु पर्छ’ इन्चार्ज रानाले उद्घाटन सत्रमा व्यक्त धारणा उद्धृत गर्दैै एक नेताले भने,‘आजैदेखि कुनै कार्यालयमा संघका नेता कार्यकर्ता कोटेशनका लागि आए भनेर कहीबाट पनि गुनासो नआओस ।’

संघको अधिवेशन उद्घाटन सत्रमा एमाले पोलिटब्युरो सदस्य निरुदेवी पाल, केन्द्रीय सदस्य कृपाराम राना, कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का निवर्तमान साँसद डा. दिपक प्रकाश भट्ट, एमाले कञ्चनपुरका कार्य वाहक अध्यक्ष लक्ष्मी बुढा लगायतका नेताले मन्तव्य राखे । संघको उद्घाटन सत्रपछि बन्द सत्र सुरु भएको छ । बन्द सत्रमा नगर नेतृत्वका लागि महेश विष्ट, पदम बोहरा लगायत चार जनाले दावी गरेका छन् ।

clock शनिबार २०, साउन २०८० १५:३२

प्रतिक्रिया