कैलालीमा विहीबार तीन जनामा कोरोना पुष्टि

  बिहिबार १६, चैत २०७९ १८:४४

कैलाली । सुदूरपश्चिम प्रदेशमा विहीबार तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

एक सय ६६ जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा तीन  जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएका तीनै जना कैलालीका रहेको जनाएको छ।

पछिल्लो समयमा सुदुरपश्चिममा हरेक दिन कोरोना संक्रमित फेला पर्न थालेका छन्।

clock बिहिबार १६, चैत २०७९ १८:४४

प्रतिक्रिया