अत्तरिया हस्पिटलमा साउन १३  गते मुटुरोग सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर

  बुधबार १०, साउन २०८० १२:२९     विश्वास खबर

धनगढी । कैलालीको अत्तरियास्थित अत्तरिया हस्पिटलले साउन १३  गते मुटुरोग सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।

अत्तरिया हस्पिटलको अनुसार साउन १३  गते हस्पिटलमा बरिस्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव कार्कीबाट मुटुरोग सम्बन्धि नि स् शुल्क चेकजाच गरिने जनाएको छ ।

शिविरमा ओपिडी सेवा नि:शुल्क, इको २० प्रतिशत, ल्याव, एक्सरे र इसिजीमा २५ प्रतिशत छुट रहेको हस्पिटलले जनाएको छ ।

यस्तै उक्त शिविरमा नि नि:शुल्क औषधि पनि वितरण गरिने हस्पिटलले जनाएको छ । हस्पिटलले बिरामीहरूलाई विशेषज्ञ सेवा दिँदै आइरहेको छ।

clock बुधबार १०, साउन २०८० १२:२९     विश्वास खबर

प्रतिक्रिया