मालाखेती अस्पतालमा पहिलो पटक अप्रेशन सेवा शुरु

  बुधबार १५, चैत २०७९ १८:२२

धनगढी । कैलालीको मालाखेती अस्पतालमा अप्रेशन सेवा शुरु भएको छ । स्थापनाको बषौँपछि अस्पतालमा आज अप्रेशन सेवा शुरु भएको हो । आज अस्पतालले गोदावरी नगरपालिका १२ की सानु रावलको सल्यक्रिया गरेको हो । उनले शिसुलाई जन्म दिएकि छिन् ।

सुत्केरी ब्यथा लागेर अस्पताल पुगेकी रावलको सल्यक्रिया गर्नुपर्ने स्थिती देखिएपछि अस्पतालको टिमले बाहिर रेफर नगरेर मालाखेतीमै सल्यक्रिया गरेको हो । मालाखेती अस्पतालका अनुसार अस्पतालका डा.अनवेश कोइरालाको टिमले रावलको सल्यक्रिया गरी शिसुलाई शुरक्षित जन्म दिएको हो ।

कोइराला संगै मेट्रोन यसोदा ढकाल, हेमन्ती अवस्थी, मञ्जु ऐर, सञ्जय फुलारा तथा एनेस्थेसिया सञ्जय सिहंको टिमले रावलको सफल सल्यक्रिया गरेको हो । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष डा।नर बहादूर मौनीका अनुसार आजबाट निरन्तर अप्रेशन सेवा शुरु भएको बताए । बिगतमा सामान्य अप्रेशन गर्नुपर्ने देखिएपनि बाहिर रेफर गर्नुपर्ने स्थितीको अब अन्त्य भएको मौनीले बताए ।

आफै बिरामी जस्तो देखिने मालाखेती अस्पताल अहिले निकै सुधारको अवस्थामा पुगेको छ । गोदावरी नगरपालिकाले अस्पताल ब्यवस्थापन समितिको अध्यक्षमा डा।नर बहादूर मौनीलाई नियुक्त गरेपछि अस्पतालले निकै सेवा सुधार गरेको छ । डा।मौनीलाई अध्यक्ष नियुक्ती गरेसंगै अस्पतालका सेवाहरुमा निकै सुधार भएको छ ।

बन्द रहेको इमरजेन्सी सेवा शुरु भएको छ भने, हाल अस्पतालले बेड भर्ना समेत शुरु गरेको छ । 
मासिक खोप तथा सामान्य प्रार्थमिक उपचारमा सिमित मालाखेती अस्पताल अहिले बिषेशज्ञ सेवा दिन थालेको छ । पछिल्लो समय यस अस्पतालबाट दैनिक सयौँको संख्यामा बिरामीले सेवा लिइरहेका छन् ।

मालाखेती अस्पतालमा सुत्केरी गराउनेहरु मात्रै बिगतभन्दा दोब्बरले बृद्धी भएको छ । पहिला सिधै धनगढी वा अन्त जाने बिरामीहरु अहिले मालाखेतीबाटै सेवा लिइरहेका छन् । अस्पतालका अध्यक्ष डा. मौनी कहिलेकाँही आफै बिरामीको उपचारमा समेत खटिन्छन् ।

clock बुधबार १५, चैत २०७९ १८:२२

प्रतिक्रिया