डडेल्धुराकी मिनाले बाटोमै जन्माइन् शिशु

  बुधबार २७, असार २०८० १२:०९

डडेल्धुरा । डडेल्धुराकी एक महिलाले बाटोमै शिशुलाई जन्म दिएकी छिन्। जिल्लाको परशुराम नगरपालिका-८ जमरानीकी मिना लुहारले बाटोमै शिशुलाई जन्म दिएकी हुन्।

प्रसव पीडा सुरु भएपछि उनलाई पिठ्युँमा बोकेर जोगबुढा अस्पताल लगिन लागिएको थियो। तर, अस्पताल नपुग्दै उनले बाटोमै शिशुलाई जन्माएको स्थानीयले बताएका छन्।

उनलाई अस्पताल लग्न एम्बुलेन्स त के स्टेचरसमेत नपाइएको स्थानीय भुपेन्द्र धामीले बताए। अस्पताल लग्दालग्दै मिनाले लामिगडाको जङ्गलमा राति करिब १० बजे शिशुलाई जन्म दिएको उनले बताए।

उनले आक्रोश पोख्दै सामाजिक संजालमा प्रश्न सोधेका छन्, ‘हेल्लो युवा वैज्ञानिक मेयर साप ! अस्ति तपाईंको पहलमा मात्रै आएको एम्बुलेन्स कता थन्काउनु भएको छ ? सडकको सुविधा कहिले हुन्छ रु सडक नै नबनाएर एम्बुलेन्स के-का लागि ल्याउनुभएको हो ? एक जना कार्यकर्ता भर्तीका लागि ?’

clock बुधबार २७, असार २०८० १२:०९

प्रतिक्रिया