कैलाली अस्पताल द्वारा थप सेवा बिस्तार, भाेलीबाट १५ दिनसम्म निशुल्क ओपीडी
धनगढी । धनगढीस्थित कैलाली अस्पतालमा अब फिजिसियन डा. अकाश राउतले पनि सेवा दिन थालेका छन्। मधुमेह, थाइराइड, पेट, मुटु तथा छाती, कलेजो, हेपाटाइटिस, ब्लडप्रेसर र मोटोपनजस्ता समस्या हेर्ने डा. राउतले आजदेखि आफ्नो सेवा सुरु गरेका हुन्। डा. राउतका अनुसार, सर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राख्दै आगामी १५ दिनसम्म निशुल्क ओपीडी सेवा प्रदान गरिनेछ। यस अवधिमा बिरामीहरूले सामान्य जाँच तथा परामर्श निःशुल्क पाउनेछन्।
करीब १२ वर्षदेखि सेवा दिँदै आएको कैलाली अस्पताल धनगढी उपमहानगरपालिका–१, पशुपतिटोलमा अवस्थित छ। आधुनिक उपकरण र दक्ष चिकित्सकहरूको टिममार्फत अस्पतालले पछिल्ला वर्षमा सेवा दायरा विस्तार गर्दै आएको छ।
अस्पतालका अध्यक्ष जनक राज जोशीका अनुसार, हाल अस्पतालमा १५ जना बिशेषज्ञ चिकित्सकहरू कार्यरत छन् र विभिन्न रोगका लागि अत्याधुनिक सेवा सञ्चालनमा छन्। उनले भने, “हामीले हरेक वर्ष सेवाको गुणस्तरमा सुधार गर्दै आएका छौं। डा. अकाश राउतजस्ता दक्ष फिजिसियनको आगमनले यहाँको स्वास्थ्य सेवा अझ सुदृढ बन्नेछ।”
कैलाली अस्पतालले हाल आन्तरिक चिकित्सा, हाडजोर्नी, रेडियोलोजी, ल्याब सेवा लगायतका शाखाबाट सेवा प्रदान गर्दै आएको छ। डा. राउतको १५ दिन निशुल्क सेवा सुरु भएसँगै धनगढी तथा आसपासका बिरामीहरूलाई उपचारका लागि थप सहजता हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया