जिर्ण भवनबाट गुणस्तरिय सुत्केरी सेवा दिदै सेती प्रादेशिक अस्पताल
कैलाली । सुदुरपश्चिम प्रदेशको एकमात्र रेफरल अस्पताल सेती प्रादेशिक अस्पताको गाईनो (सुत्केरी) वार्ड निकै जिर्ण बनेको छ । जिर्ण भवनबाट सेवा दिनु पर्दा उपचारमा संलग्न स्वास्थ्यकर्मीका साथै सेवाग्राहीले समेत निकै सास्थि भोग्नु परेको छ ।
बिक्रम सम्बत २०२९ साल पौष १४ गते तत्कालिन श्री ५ को सरकार र भारतीय सहयोग मिशनको संयुक्त सहयोगद्वारा निर्माण भै संचालनमा आएको थियो ।
तत्कालिन कैलाली अस्पतालको नामले संचालित अस्पतालको माननीय सहायक स्वास्थ्यमन्त्री श्रीमती कमल शाहद्वारा उदघाटन गरिएको थियो ।
अस्पतालको भवन बनेयता केहि मर्मतका कामहरु भएपनि अन्यदिगो काम नहुदा भवन दिनप्रतिदिन जिर्ण भन्दै गएको हो ।
हाल उक्त भवनबाट सम्पुर्ण सुत्केरी सेवा दिइएपनि भवन जिर्ण भएका कारण पानी पर्दा भने सेवा संचालन गर्न समस्या हुने गरेको अस्पतालमा कार्यरत नर्सले बताएन । उनले आफ्नो नाम उल्लेख गर्दा कुरा लगाएको जस्तो हुने भएका कारण नाम उल्लेख नगरिदिन अनुरोध गरिन ।
हाल सेती प्रादेशिक अस्पतालमा दैनिक २४/२५ जनाले सुत्केरी सेवा लिइरहेको गाइनो वार्डले जानकारी दिएको छ ।
सुत्केरी बेथा लगाउने, अप्रेशन थिएटर, अप्रेशन पछि आमा र बच्चालाई समेत यहि भवनमा राखेर सेवा दिई रहेको अस्पतालले जनाएको छ । अप्रेशन गरेका आमाहरु र नवजात शिशु अत्यन्तै संबेदनशिल हुने भएका कारण भवन जिर्ण हुदा संक्रमणको जोखिम समेत बढ्ने सेती प्रादेशिक अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ डाक्टर प्रतिक्षा सिंह राठौरले बताइन ।
यस्तै, सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले भवन अवभावका पुरानो भवनबाटै गाइनो वार्ड संचालन गर्नु परेको बाध्यता रहेको बताए । उनले टेण्डर भएर नया भवन निर्माणको अवस्थामा रहेपनि समयमै निर्माण कम्पनिले निर्माण नगरिदिदा सेवा प्रवाहमा समस्या आउने गरेको बताए ।
ठेकेदार कम्पनिलाई पटकपटक आग्रह गर्दापनि बेवास्ताका कारण समस्या आएको मेसु पाण्डेयले बताए ।
२०७४ साल कार्तिक २८ गते धनगढीको रविना–थेगिम जेभी नामक निर्माण कम्पनीसँग १८ करोड ७४ लाख २८ हजार ५२९ रुपैयाँ ६५ पैसामा ठेक्का सम्झौता गरिएको थियो । सम्झौता अनुसार २०७७ साल बैशाख २७ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म काम सकिएको छैन ।
प्रतिक्रिया