सिपी अस्पतालले कञ्चनपुरको बेलडाँडीमा निःशुल्क स्वास्थ्य शिविर गर्दै

  मङ्गलबार २२, पुष २०८२ १९:३३

धनगढी । सिपी अस्पतालले कञ्चनपुरमा निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । कञ्चनपुरको बेलडाँडीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने अस्पतालले जनाएको छ ।  


२६ गते शनिबार बेलडाँडी गाउँपालिकाको भवनमा शिविर सञ्चालन हुन लागेको अस्पतालले जनाएको छ । शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गरिने आयोजकले जनाएको छ । 

शिविरमा जनरल सर्जनबाट पत्थरी, बवासिर, हर्निया, हाइड्रोसिल, फिसर, पित्तथैलीको पत्थरी, एपेन्डीक्स लगायतका रोगको चेकजाँच हुनेछ । त्यस्तै फिजिसियनमार्फत दम, छाती दुख्ने, रक्तचाप, मधुमेह, थाइराइड सम्बन्धी परीक्षण तथा परामर्श दिइनेछ ।

शिविरका अन्य सेवामा भिडियो एक्स–रे, हाडजोर्नी तथा नसारोग विशेषज्ञबाट ढाड, घुँडा तथा जोर्नी दुख्ने, हड्डी खिइने जस्ता समस्या सम्बन्धी चेकजाँच, नाक–कान–घाँटी विशेषज्ञबाट एलर्जी तथा ईएनटी रोगको परीक्षण, साथै स्त्री तथा प्रसूति रोग विशेषज्ञबाट महिलासम्बन्धी सम्पूर्ण रोगको चेकजाँच र परामर्श समावेश गरिएको छ ।

शिविरमा सहभागी सेवाग्राहीलाई निःशुल्क औषधि वितरण समेत गरिने जनाइएको छ । 

clock मङ्गलबार २२, पुष २०८२ १९:३३

प्रतिक्रिया