कांग्रेसको समानुपातिक सूचीमा सुदूरपश्चिमका ९ जना समेटिए
धनगढी । अगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले सुदूरपश्चिमका ९ जनालाई समेटर समानुपातिक सूची बुझाएको छ ।
कांग्रेसले मंगलबार निर्वाचन आयोगमा बुझाएको सूचीअनुसार कैलालीसहितका जिल्लाका ९ जना अटाएका छन् ।
जसमा कैलालीका यज्ञनिधी कोइराला र रिताकुमारी चौधरी परेका छन् भने कञ्चनपुरका तौला राना र कल्पना केसीको नाम समेटिएको छ ।
यस्तै दार्चुलाका करविर सिंह कार्की, बैतडीका दिपेन्द्रबहादुर बम, बाजुराकी विद्यादेवी तिमिल्सिना, अछामका टेकबहादुर बिक र डडेल्धुराकी हरिना कामी सूचीमा परेका छन् ।
प्रतिक्रिया