कैलालीको टीकापुरबाट अवैध काठ बरामद
धनगढी । कैलालीको टीकापुरबाट अवैध काठ बरामद गरिएको छ । मंगलबार टीकापुर नगरपालिका – ५ सिम्रेनी स्थित भित्री सडक खण्डमा नम्बर पिलेट स्पष्ट नदेखिएको ट्याक्टरको ट्रलीमा लोड गरी राखेको काठ प्रहरीले बरामद गरेको हो ।
उक्त ट्याक्टरको ट्रलीमा सिमल जातको काठको गोलिया १३ थान (८७.५४ क्यूफिट) र भिल्लर जातको काठको गोलिया४ थान (१७.९४ क्यू फिट) बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उक्त काठ अन्दाजी ३१ हजार ६४४ रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ । काठ इलाका प्रहरी कार्यालय टीकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । उक्त ट्रली, काठ आवश्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय टीकापुरमा बुझाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया