दलका नेताको कुसाशन र भ्रस्टाचारले निम्ताएको संकट
दलका नेताको कुसाशन र भ्रस्टाचारले निर्माण गरेको निरासा र आक्रोसले जन्माएको बिद्रोह र वलिदानमा , जेन्जिका कांधमा चढेर कुलीन र बिदेशीले देश जलाए।
देश बिदेशमा बस्ने सबै नेपाली दिदि बहिनी तथा दाजुभाइ र नाता संगतीलाई दसैंको हार्दिक शुभकामना। यंहाहरुको स्वास्थ र समृद्धिको कामना गर्दछु।
देश आज बिमारी छ। समाजको स्वास्थ पनि पिरोलो लाग्दो छ। एकजना महान व्यक्तिले भनेका छन "अस्वस्थ समाजमा नागरिक पनि अस्वस्थ हुन्छ। र, अस्वस्थ नागरिकको समाज पनि अस्वस्थ हुन्छ।"
१. यो बिरामी समाजको निर्माण कस्ले गर्यो? यो प्रश्नमाथी गंभिर छ्लफल नभै देशमा राजनीतिक उथलपुथल हुंदा रास्ट्र समेत भष्म भयो, निर्दोश युवा हताहत भए। "रास्ट्रको अस्तित्व त मात्रै असल र सफल राज्यव्यवस्थामा निहित रहन्छ भने राज्यव्यवस्थाको सफलता असल राजनीति नेतृत्वमा निहित रहन्छ, र असल राजनीतिक नेतृत्वले सिद्धान्त, नैतिकता, र जनउत्तरदायीत्वलाई अपरिहार्य गुण मान्दछ।"
नेपालमा पछिल्लो ३० बर्षमा यसकै अभावले नेपाली समाज अस्वस्थ भयो। सिंहदरवारको ताकत र "जनताका नाममा उनिहरुले भ्रष्टाचार गरेर कमाएको संम्पती, माफियाले दिएको कमसिन, र राज्यको कोषबाट चोरेको घनबाट प्राप्त अलिसान जिवनपद्धतीले नेतृत्वलाई अस्वस्थ बनायो।" अस्वस्थ नेतृत्वले समाजलाई नै अस्वस्थ बनायो। पोहरी प्रदुसित भएपछी त माछा अस्वस्थ त हुने नै भए।
२. किन भयो राजनीतिक नेतृत्व यस्तो प्रदुषित? उत्तर सिधा छ। नेतृत्व सिद्धान्त र अनैतिक भयो। हरेक राजनीति दलले बोकेको सिद्धान्तले उसको "बर्गआधार" निर्धारण गर्द्छ।समाजवादले श्रमिक र गरीब तप्काका नागरिकलाई आफ्नो बर्गआधार मान्छ। पुंजिबादले पुंजिपतीलाई आफ्नो बर्गआधार मान्द्छ। परम्परावादीले कुलीन र रास्ट्रवादीले रास्ट्रको इतिहास र गौरव संङ्ग जोडिएका मान्छेलाई आफ्नो बर्गआधार मान्दछ्न। उनिहरु सबैले रास्ट्रको सार्भभौमसत्ताको पक्षधरताको वरिपरि, रास्ट्रीय सुरक्षा र स्वतन्त्रताको जिम्मेवारी लिंदै आफनो बर्गको उद्धार र समृद्धिलाई बिशेष जोड दिन्छ्न। अत: जब सिद्धान्त पतन हुन्छ उनिहरुको बर्गआधार भत्किन्छ र नेतृत्व कुलिनबर्गमा स्थानान्तरण भै सत्ताको भोको, दुराचारी र भ्रस्टाचारी बन्दछ। नेपाली समाज रोगी हुनुको जरो कारण यहि हो।
३. २०५२ सालपछि नेपालमा सिद्धान्तहिनताको भाइरस नेपालको राजनीतिमा पस्यो। त्यसैले अनेकौं सिद्धान्तहिन र अपबित्र गठबन्धन बने। सासंदहरुको किनवेच भयो। कांग्रेसको प्रजातान्त्रिक समाजवादलाई नवउदारवादको बिषखुवाएर हत्यागरीयो। बामपंथीहरु महाकाली संन्धीगर्दै, क्रमश समाजवादको बाटोबाट अलगिंदै, पस्चिमी पैसाले चलेका एन्जिओका दास हुँदै भेडाको छालामा सज्जिएका श्याल र फ्याउरा बन्न पुगे। उनिहरुले श्रमजीवीलाई छोडी दिए। थोरै केही बामपंथी यान्त्रिक बने र नागरिक र देशको सेवाबाट बिमुख भए।
४. यसले नेपालमा "राजनीतिक कुसंस्कार र न्युनतम लोकतान्त्रिक मान्यता तोड्दै "कालू कालू मिलेर खांउ आलु" को सिद्धान्त लागुगर्दै, अपवित्र गठबन्धन, बनांउदै सत्ताको दुरुपयोग गरे। दुषित तरीकाले धन कमाउन थाले। कमिसन खानु उनीहरुको व्यवसाय बन्यो। जनतामाथि प्रत्येक कदममा कर थोपरे शोषण गर्न थाले। बुस्तुको मुल्यमा कर थपेर भाउ तोक्ने र करमाथी भ्याट लगाउन थाले। आज हरेक खातापिता नेपाली पनि गरीब बन्दैछ।
५. उनिहरुले थोरै नेता, राजनीतिक ब्यापारी, माफिया, र ब्यापारीका नामका लुटेराको संभ्रान्त बर्ग सिर्जना गर्दै (१) किसान र श्रमिकले बस्न नसक्ने देश बनाए, र (२) शिक्षालाई नै बर्ग निर्माण गर्ने थलो बनाए। कसरी?
६. तल्लो आर्थिक तहका ४०% गरीबका छोराछोरीले पढ्ने स्कुलहरु राजनीति दलका कार्यलय जस्तै छ्न। अत: गाउँका गरीबलाई उन्नत शिक्षामा पंहुच छैन। शहरमा बोर्डिङ्ग छ्न, सरकारले कुनै सहुलियत त दिंदैन, बरु कर लिन्छ। बिद्यार्थीका शुल्कले चल्ने यी स्कुलमा मध्यम ४०% जनसंख्याका बाबुआमाले "सबै कमाइ हालेर एवंम ॠण लिएर" छोराछोरी पढांउछ्न र छोराछोरी पढाउ्दा गरीब बन्छ्न। बिदेशमा गएर काम गर्दा कमाएको छोराछोरी पढांउनमै सक्छ्न। यी स्कुलमा आडम्वर छ। संस्कृति र मातृभाषा समाप्त हुन्छ। माथिल्लो २०% ले ६०/७० हजार तिरेर बिदेशी पाठ्यक्रम पढाउंछ्न र कुलीन समाजको निर्माण गर्छ्न।
७. अहिले नेपालको उच्च शिक्षामा पुगेका पांच लाख पचास हजार बिद्यार्थी माथिल्लो २०% धनी वा उच्च मध्यम परीवारको अधिनमा छ। यहाँ अध्यन गर्ने ८०% बिद्यार्थी यस २०% बाट आंउछ्न। तलको ४०% जनताका छोराछोरी, स्कुल तह नसकी बाहिरीन्छ्न। उनिहरु अरब र मलेसिया पुग्छ्न किनभने खेती गर्दा टाट पल्टिन्छ। मध्यम ४०% जताततै छरीन्छ, यात बिदेश गएर उतै बस्छ वा शहरीया सानोतिनो बिजिनेस र जागीरमा लाग्छ। सबै डाक्टर, इन्जिनियर, चार्टर एकाउन्टेन्ट, वकिल, आदि हुने त तेहि माथिल्लो २०% बाट हो। उसैले सरकारका पदमा अधीन जमाउंछ। त्यस भित्रको ५% का अधीनमा देशको अर्थतन्त्र छ।जेन्जी आन्दोलनमा पनि यहि २०% को बाहुल्यता थियो। आइफोन र प्याड बोक्ने त यहि तह हो र बिदेशी एन्जिओमा पंहुच भएको पनि यहि बर्ग हो।
८. यो विषम बर्ग कस्ले जन्मायो? कांग्रेस र सत्ताधारी कम्युनिस्टका सिद्धान्तहिन साशनले होइन र? आज माथिल्लो ५% भित्र को छ? यिनै पार्टीका राजनीतिमा अधीन जमाएर बसेका नेता, उन्लाइ पाल्ने माफिया, र भ्रष्ट कर्मचारी। तर अहिले घर नजलाइएका बैकल्पिक भनीने रास्वपा र राप्रपाका नेतापनी यहि बर्गमा पर्छ्न। उनीहरुका घर चैं किन जलेनन? घुषपैठ गरेर जेन्जी पुस्ताको आन्दोलन भांड्नमा यिनको हात त छैन?यो प्रश्नको उत्तर भविस्यमा आउनेनै छ।
९. तसर्थ, जेन्जी आन्दोलनको बर्गिय विश्लेषण हुनु आवस्यक छ। यो आन्दोलनको उद्देश्य बिदेशीले ध्वस्त पारेको शिक्षाको उद्धार गरेर स्वरोजगार निर्माण गर्नु पनि हुनुपर्थ्यो? तर यो माग त थिएन। देशको कृषिको बैज्ञानिकिकरणका लागि यो आन्दोलन हो? होइन। यो माग पनि थिएन। देशका युवालाइ डिजिटल क्रान्तिमा लगाउन हो? होइन। यो माग पनि थिएन। पलाएन रोकेर देशमा रोजगारी निर्माण गर्नु हो? होइन। यो माग पनि थिएन। नेपालको इतिहास र संस्कृतिको संरक्षणका लागि हो? होइन। यो माग पनि थिएन। चर्किंदो भुराजनितीलाई व्यवस्थापन गर्दै, रास्ट्रको स्वतन्त्रता र बिदेशी बढ्दो हस्तक्षेप रोक्नु हो? होइन। यो माग पनि थिएन। यो आन्दोलन अधुरो थियो। यी मागहरू सहित बौद्धिकहरुको आन्दोलन आज देशले मागी रहेको छ।
१०. भ्रष्टाचारको बिरोध आवस्यक थियो। तर अफसोस जेन्जी आन्दोलन उनीहरुको नेतृत्वमा थिएन। कोहि अरु अँध्यारो कोठामा बसेर "जेन्जी" को कांधमा चढेर (१) भुराजनितिको खेल खेल्दै थियो। (२) कोहि उनिहरुलाइ अगाडी सारेर बाटोमा जनता निकाल्ने र बिध्वंस गरि पुराना कुलिनहरु लेखेटेर आफ्नो कुलिनता जमाउन र निरंकुशता लादन चाहन्थ्यो। सडकमा गोलि खाने (१) तल्लो ४०% गरीब र (२) दोश्रो ४०% न्यून मध्यम परीवारका जीवन सपार्न सडकमा आएका विद्यार्थी थिए। अरु त फेसबुक र इन्स्टाग्राममा आन्दोलन गर्ने जेन्जी थिए। यो आन्दोलनको समर्थन र प्रतिनिधित्व गर्ने भनीएका थुप्रैका बाबू हजुरबाबु त जिवनभर राज्यकै सत्तामा बस्ने थिएनन र? एक थरी नेपोबेबिज अर्काथरी नेपालोबेबिजको बिरोध गर्ने बिदेशी संस्थाका सदस्य थिए। बस, आम जन तहका जेन्जीका कांधमा चढेर, संभ्रान्त जेन्जी सत्ताको परीवर्तन गर्न उन्का बाबुआमाको स्वार्थ पुर्ती गरीरहेका थिए, अनि बिदेशीकालागि मेरो देश जलि रहेको थियो।
लोकतन्त्र र देशको समृद्धिका लागि लडेका राजनीति दलका नेताले सिद्धान्त र बर्गआधार छोडेर भ्रष्टाचारबाट सम्पत्ति सोर्दा जन्मीएको निरासा र आक्रोशले जन्मेको बिद्रोहलाई संभ्रान्त र बिदेशीले प्रयोग गरे। मेरो देश जल्यो, जेन्जीको बलिदानले केही पाएन। अब त चेतना भएका बौद्धिक र इमान्दार राजनीतिक कर्मिका आँखा खुल्नुपर्छ।
प्रतिक्रिया