यी स्थानमा वर्षा र हिमपात हुने
काठमाडौं । नेपालमा हाल पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले सोमबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।
बिहान कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा छिटपुट वर्षा पनि भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ।
दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सोमबार राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ।
कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा राति पनि हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रतिक्रिया