डोटीको उच्चाकोटमा स्वास्थ्य शिविर, हजार बढीको उपचार

  आइतबार १२, चैत २०७९ १०:३४

डोटी । डोटीको शिखर नगरपालिकाको उच्चाकोटमा स्वास्थ्य शिविरबाट एक हजार बढी स्थानीयको स्वास्थ्य उपचार गरिएको छ।

उच्चाकोटको मष्टामाण्डौं विकास समितिको आयोजना र शिखर नगरपालिकाको समन्वयमा शुक्रवार र शनिवार स्वास्थ्य शिविर राखिएको हो। दुई दिनसम्म सञ्चालन भएको स्वास्थ्य शिविरमा जनरल ओपिडीतर्फ ५३४ जनालाई उपचार सेवा दिइएको स्थानीय चुडामणि पन्तले बताए।

यस्तै स्वास्थ्य शिविरमा श्वासप्रश्वास रोग विशेषज्ञबाट ७९ जनाको फोक्सोको परीक्षण, १३२ जनाको दाँत रोगको उपचार र ३२२ जनाको आँखाको उपचार गरिएको आयोजक समितिका सदस्य रोशन पन्तले जानकारी गराए । 

श्वासप्रश्वास रोग विशेषज्ञ डाक्टर पंकज पन्त, आँखा रोग विशेषज्ञ डाक्टर सुरेश पन्त, दन्त चिकित्सक विनोद पन्त सहितको चिकित्सक टोलीले स्वास्थ्य सेवा प्रदान गरेको आयोजकले बताएको छ।

clock आइतबार १२, चैत २०७९ १०:३४

प्रतिक्रिया