अत्तरियामा रहेको सामुदायिक अस्पताल र नेहा फार्मेसीमा सिल

  शनिबार ११, चैत २०७९ २०:१५

अत्तरिया । कैलालीको अत्तरियामा रहेका २ फार्मेसीमा सिल गरिएको छ । सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको नेतृत्वमा औषधि व्यवस्था विभागको टोलीले अत्तरियामा रहेको सुदूरपश्चिम सामुदायिक अस्पतालको फार्मेसी र नेहा फार्मेसीमा सिल गरेको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार अत्तरियामा सञ्चालनमा रहेको नेहा फार्मेसी र सुदूरपश्चिमाञ्चल सामुदायिक अस्पतालले संचालन गरेको फार्मेसीमा सिल गरिएको बताए ।

टोलीले कैलालीका आठवटा फार्मेसी तथा अस्पतालमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा फार्मेसी दर्ता नभएको, नवीकरण नभएको, सञ्चालक अनुपस्थित रहेको, लागूऔषध तथा मानसिक रोगसम्बन्धीका औषधिहरुको अभिलेखिकरण नगरेका लगायतका कमजोरी अनुगमनका क्रममा फेला परेको उनले बताए ।

सामाजिक विकास मन्त्रालयका योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख हेमराज खडकाले कैलालीका फार्मेसी तथा क्लिनिकहरुबारे मन्त्रालयमा गुनासो बढ्न थालेपछि बजार अनुगमन गरिएको बताए ।

clock शनिबार ११, चैत २०७९ २०:१५

प्रतिक्रिया