विरामीलाई फलफूल वितरण गरि मनायो माया मेट्रो हस्पिटलले स्थापना दिवसमा

  सोमबार १६, भदौ २०८२ ०६:४५

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरमा रहेको माया मेट्रो हस्पिटलले आफ्नो  सेवाको ७ औँ वर्ष पुरा गरेका छ । अस्पतालले आज भदौ १५ गते सात वर्ष पुरा गरी आठौँ वर्ष प्रवेश गरेको छ । ८ औँ वार्षिकोत्सवको अवसरमा अस्पतालले बिरामीहरूलाई फलफूल वितरण गरेको छ ।

अस्पतालमा भर्ना भएका एक सय भन्दा बढी बिरामीहरूलाई फलफूल वितरण गर्दै ८ औँ वार्षिकोत्सव मनाएको अस्पतालका पिआर म्यानेजर जगत महताले जानकारी  दिए । अस्पताल र बिरामी बीचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले वार्षिकोत्सवको अवसरमा फलफूल वितरण कार्यक्रम आयोजना गरिएको उनले बताए । 

बि.स २०७५ सालमा २५ शैय्याबाट सुरु गरेको अस्पताल हाल १०० शैय्याको अनुमती लिई सेवा दिइरहेको छ । हाल अस्पतालमा २४ सै घण्टा इमरजेन्सी तथा ट्रमा सेवा, २४ घण्टे फार्मेसी सेवा , २४ घण्टे प्रयोगशाला सेवा, अत्याधुनिक डिजिटल एक्स–रे सेवा, अत्याधुनिक भिडियो एक्स–रे सेवा, अत्याधुनिक सीटी स्क्यान (६४ स्लाइस) सेवा दिइरहेको छ । यस्तै, इन्डोसकोपी सेवा, अल्ट्रासाउन्ड सेवा, इको तथा इसीजि सेवा, टिएमटी, एबीपिएम, होल्टर सेवा, आइसियु, एनआईसियु, पिआईसियु, एमआईसियु सेवा दिँदै आइरहेको छ । 

अस्पतालले, फिजीयोथेरापी सेवा, एमआरआई सेवा पनि धनगढीमै दिइरहेको छ । हाल अस्पतालले मनोचिकित्सक ९मानसिक रोग सम्बन्धित सेवा ०, मुटुरोग सेवा, यूरोलोजी सेवा फिजिसियन सेवा, ल्याप्रोस्कोपिक तथा जनरल सर्जरी सेवा, नाक कान तथा घाँटी रोग सेवा, नवजात तथा बाल रोग सेवा , बाल सल्यचिकित्सकिय सेवा , स्त्री प्रसूति तथा बाझोपन सेवा,हाड जोर्नी तथा नशा रोग सेवा,  न्युरो सर्जरी सेवा, दन्त शल्यक्रिया सेवा, एनेस्थेसिया तथा क्रिटिकल सेवा दिइरहेको छ ।

अस्पतालले निकट भविष्यमा आईभिएफ सेवा सञ्चालन गर्ने तयारीमा रहेको छ । हाल अस्पतालले महिनाको एक दिन धनगढीमै आईभिएफ परामर्श सेवा पनि दिँदै आएको छ । हस्पिटलले आफ्नो  सेवाको ७ वर्ष सम्म  ३० हजार बढी शल्यक्रिया गरिसकेको छ भने  एक सय भन्दा बढी निःशुल्क स्वास्थ्य शिविरको आयोजना पनि गरिसकेको छ ।

clock सोमबार १६, भदौ २०८२ ०६:४५

प्रतिक्रिया