धनगढीमा निःशुल्क लोकसेवा तयारी कक्षा सुरु
धनगढी । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति कैलाली र धनगढी उप–महानगरपालिका वडा नम्बर १ को लागत साझेदारीमा सहायक स्तर पाँचौं तह (नायब सुब्बा) को निःशुल्क लोकसेवा तयारी कक्षा २०८२ भाद्र ११ गतेदेखि औपचारिक रूपमा शुभारम्भ भएको छ ।
कार्यक्रम नेपाल निजामती कर्मचारी युनियनकी उपाध्यक्ष श्री मिरा पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री माननीय श्री मेघराज खड्का प्रमुख अतिथिका रूपमा रहेका थिए भने धनगढी उप–महानगरपालिका वडा नम्बर १ का अध्यक्ष श्री सन्तोष मुडभरी विशिष्ट अतिथि रहका थिए ।
यस निःशुल्क तयारी कक्षाबाट करिब ५० जना युवायुवतीले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ, जसले उनीहरूको लोकसेवा परीक्षाको तयारीमा सहजता ल्याउने विश्वास लिइएको छ ।
प्रतिक्रिया