धनगढीको एसपीए कलेजका प्रमुखमाथि कालोमसो, नेवि संघका दुई कार्यकर्ता पक्राउ

  शुक्रबार १०, चैत २०७९ १४:३१

धनगढी । धनगढीको एसपीए कलेजका प्रमुख योगराज गौतममाथि नेवि संघका कार्यकर्ताले कालोमसो दलेका छन् । शुक्रबार दिउँसो विद्यार्थी परिषद्को कार्यसमिति चयनको विषयलाई लिएर नेवि संघका कार्यकर्ताले कालोमसो दलेका हुन् ।

कालोमसो दलेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले पक्राउ गरिएका विद्यार्थीको परिचय नखुलेको बताए ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा लगिएको छ । नेवि संघले विद्यार्थी परिषद्को निर्वाचनको विषयलाई लिएर बिहीबार कलेजमा तालाबन्दी गरेको थियो ।

तालाबन्दीकैबीच कलेजले शुक्रबार परिषद्को निर्वाचन प्रक्रिया अघि बढाएको थियो । परिषद्को अध्यक्षमा अनेरास्ववियु निकट विद्यार्थी नेशिव धिमालसहित कार्यसमिति सर्वसम्मत चयन भएको थियो ।

सम्बन्धित शिर्सक
clock शुक्रबार १०, चैत २०७९ १४:३१

प्रतिक्रिया