एसपीए कलेजको विद्यार्थी परिषद्को कार्य समिति सर्वसम्मत चयन, अध्यक्षमा धिमाल

  शुक्रबार १०, चैत २०७९ १३:४४

धनगढी । धनगढीको सुुदूरपश्चिमाञ्चल कलेज (एसपीए) को विद्यार्थी परिषद्को अध्यक्षमा निशिव धिमाल सर्वसम्मत चयन भएका छन् । शुक्रबार भएको निर्वाचनबाट धिमाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

उपाध्यक्षमा शुलभ थापा र गीता जोशी, सचिवमा अरुन महरा, कोषाध्यक्षमा धिरेन्द्र नाथ योगी, सहसचिवमा सविनकुमार बोहरा पनि सर्वसम्मत भएका छन् । सदस्यहरुमा अर्जुन चदारा, सुुरेन्द्रप्रसाद जोशी र आंचल उपाध्याय चयन भएका छन् ।

परिषद्को पदाधिकारी र सदस्यमा सर्वसम्मत चयन भएका सबै विद्यार्थी नेकपा एमाले सम्बद्ध अनेरास्ववियु निकट हुुन् । एसपीए कलेजमा नेवि संघले विद्यार्थी परिषद्को निर्वाचन मितिलाई लिएर कलेजमा तालाबन्दी गरेको थियो ।

नेवि संघको तालाबन्दीकैबीच विद्यार्थी परिषद्को निर्वाचन समितिले निर्वाचन प्रक्रिया अघि बढाउदै कार्य समिति चयन गरेको हो ।

clock शुक्रबार १०, चैत २०७९ १३:४४

प्रतिक्रिया