सेती अस्पतालमा सिकलसेल बिरामीका लागि हेमोग्लोबिन इलेक्ट्रोफोरेसिस जाँच निःशुल्क

  बुधबार २८, जेठ २०८२ १६:५३

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा सिकलसेल बिरामीका लागि गरिने हेमोग्लोबिन इलेक्ट्रोफोरेसिस जाँच निःशुल्क गरिन थालिएको छ।

अस्पतालले एक सूचना जारी गर्दै आइतबार ९जेठ २५० देखि अस्पतालको प्रयोगशालाबाट हेमोग्लोबिन इलेक्ट्रोफोरेसिस जाँच निःशुल्क भइरहेको जनाएको छ। थारु समुदायमा यो रोग देखिन्छ।


सिकलसेलका लागि सबैले आफ्नोतर्फबाट सचेतना फैलाउने काम गर्नुपर्ने चिकित्सकहरू बताउँछन्। 

जनस्वास्थ्य समस्याका रूपमा रहेको यो रोग वंशाणुगत सर्ने भएकाले थारु समुदायका सबै सचेत हुनुपर्नेमा उनीहरूको जोड छ। समयमा रोगको पहिचान भएमा निदान गर्न सकिन्छ।

clock बुधबार २८, जेठ २०८२ १६:५३

प्रतिक्रिया