गौरीफन्टा र झुलाघाट नाकाबाट भित्रिएका २ जनामा कोरोना सङ्क्रमण

  मङ्गलबार २७, जेठ २०८२ १६:४९

धनगढी । कैलालीको गौरीफन्टा नाका र बैतडीको झुलाघाट नाकाबाट भित्रिएका थप २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मंगलबार सुदूरपश्चिमका नाकाबाट भित्रिएका १४ जनाको कोरोना परीक्षण गर्दा २ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

प्रादेशिक स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार गौरिफन्टा नाकाबाट भित्रिएका २ जनाको कोरोना परीक्षण गर्दा १ जना र झुलाघाट नाकाबाट भित्रिएका ४ जनामा कोरोना परीक्षण गर्दा १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

गड्डाचौकी नाकाबाट भित्रिएका ७ जनामा कोरोना परीक्षण गरिएको भए पनि सबैको नतिजा नेगेटिभ आएको जनाइएको छ । यो सँगै सुदूरपश्चिममा जेठ २१ यता मात्रै १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

clock मङ्गलबार २७, जेठ २०८२ १६:४९

प्रतिक्रिया