सुदूरपश्चिममा फेरि ५ जनामा देखियो कोरोना, सँख्या पुग्यो ८

  शुक्रबार २३, जेठ २०८२ १७:००

धनगढी । सुदूरपश्चिम प्रदेशमा थप ५ जनामा काेराेना संक्रमण पुष्टि भएको छ।

भारतसँग जाेडिएकाे गाैरीफन्टा नाकामा थप ५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे प्रदेश स्वास्थ निर्देशनालयले जनाएको छ।

भारतबाट फर्किनेहरुको परीक्षण गरिएकोमा थप ५ जनामा संक्रमण पुष्टि भएको हाे। यसअघि ३ जनामा कोरोना देखिएको थियो।

भारतमा काेराेनाकाे नयाँ संक्रमण देखिएका बेला त्यहाँबाट फर्किनेहरूमा समेत संक्रमण देखिन थालेकाे हाे।

clock शुक्रबार २३, जेठ २०८२ १७:००

प्रतिक्रिया