गेटमा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नै सञ्चालन हुनुपर्छ - एमाले भट्ट

  सोमबार २९, जेठ २०८० ०८:५२

धनगढी । कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग उठिरहेका बेला नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टले मुख खोलेका छन्।

कैलाली निर्वाचन क्षेत्र ४ बाट प्रतिनिधिसभाका उम्मेदवार समेत बनेका उनले सामाजिक सञ्जालमार्फत गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नै सञ्चालन हुनुपर्ने माग राखेका छन्।

उनले लेखेका छन् , ‘म सदनभित्र भएपनि होस वा सदनबाहिर, शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनार्थ आफ्नो भूमिका स्पष्ट रूपमा खेलीरहेकै छु, प्रतिबद्ध छु। जनताको मागभन्दा सर्वोपरी मेरा लागि अरू केही हुनै सक्दैन र कहिले भएन पनि।’

clock सोमबार २९, जेठ २०८० ०८:५२

प्रतिक्रिया