गेटामा विश्वविद्यालय सुदूरपश्चिमकै आवश्यकता : भीम रावल

  आइतबार २८, जेठ २०८० १२:१२

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले कैलालीस्थित गेटामा निर्माणाधीन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिमकै आवश्यकता भएको बताउनुएको छ ।

विश्वविद्यालय स्थापनार्थ आन्दोलन चर्किरहेका बेला डा. रावलले आइतबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो बताउनुभएको हो । उहाँले सुदूरपश्चिमका जनतालाई आन्दोलन गर्न किन बाध्य पारेको भन्दै प्रश्न गर्नुभयो ।

उहाँ लेख्नुहुन्छ, ‘कैलालीको गेटामा शिक्षण अस्पताल सहितको विश्वविद्यालय बनाउने भनि धेरै ठूलो लगानी गर्दै भवन लगायतका पूर्वाधार बनिसकेपछि सरकारले अन्यथा गरी त्यहाँका जनतालाई आन्दोलन गर्न किन बाध्य पारेको रु जनताको माग सुदूरपश्चिमकै आवश्यकता हो । तुरून्त पूरा गरियोस्।’

गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै आज सुदूरपश्चिम प्रदेशमा आमहड्तालसमेत गरिएको छ । विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले सरकारले २०७९ माघ २९ गतेका दिन मन्त्रिपरिषद् र जेठ ५ गते नीति तथा कार्यक्रममा पास गरे अनुसार गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुनुपर्ने माग गर्दै आएको छ ।

clock आइतबार २८, जेठ २०८० १२:१२

प्रतिक्रिया