प्रदेश सभा सदस्य विष्टले गरिन बैठक बहिष्कार

  आइतबार २८, जेठ २०८० १०:१३

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रदेश सभा सदस्य खेमादेवी विष्टले सुदूरपश्चिम प्रदेश सभाको बैठक बहिष्कार गरेकी छिन्। गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग राख्दै प्रदेशबासी आन्दोलित भएकाले प्रदेश सभा बैठक बहिष्कार गरेकी हुन्।

सभामा बोल्दै विष्टले भनिन, ‘अहिले मेडिकल कलेज सञ्चालनका लागि प्रदेशबासी आन्दोलित छन्। आज बन्दको घोषणा पनि गरिएको छ। यस्तो समयमा प्रदेश सभा बैठक सञ्चालन हुनु उचित होइन। तसर्थ बैठक स्थगित गरिनुपर्छ। साथै आजको बैठक म बहिष्कार गरेको छु।’

साथै आज प्रदेश सभामा ढ्याप ढ्यापे समयमा एमालेका धर्म राज पाठक र राप्रपाका खेमादेवी बिष्टले शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयबारे प्रदेश सरकारको धारणा माग गरेका छन्।

clock आइतबार २८, जेठ २०८० १०:१३

प्रतिक्रिया