सुदूरपश्चिममा भूमि नीति मस्यौदामाथि छलफल
धनगढी। सुदूरपश्चिम प्रदेशको भूमि सम्बन्धी नीतिको मस्यौदामाथि आज धनगढीमा छलफल गरिएको छ।
भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आयोजित कार्यक्रममा भूमि नीति मस्यौदामाथि छलफल गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि रहनु भएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भूमि नीति ल्याउन ढिलाइ गर्न नहुने बताउनुभयो।
उहाँले भूमि सम्बन्धी देखिएका समस्या समाधानका लागि नीति आवश्यक रहेको उल्लेख गर्दै थप्नुभयो,“भूमिहीन, दलित, सुकुम्वासी, अव्यवस्थित बसोवास, मुक्त कमैया, मुक्त हलिया, कम्लहरी तथा वादी समुदायको पुनर्स्थापना सम्बन्धी नीति, कानुन, मापदण्ड र योजना बनाउन जरुरी छ।”
छलफल कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री हीरासिंह सार्की, उपसभामुख कोइलीदेवी चौधरी, प्रदेश सभा सदस्य, नीति तथा योजना आयोगका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया