सुदुरपश्चिममा युवा र खेलकुद परिषद कसको पोल्टामा पर्दैछ ?

  मङ्गलबार ०६, जेठ २०८२ १५:३८

धनगढी । सुदुरपश्चिम प्रदेशमा सामाजिक बिकास मन्त्रालय माथहत रहेको खेलकुद परिषद र युवा परिषद काग्रेंसले लिन खोजेको छ । खेलकुद परिषदका सदस्य सचिव दिपक बहादुर सिहंको कार्यकाल सकिएको २ महिना बितेपनि अँझै परिषदमा नयाँ सदस्य सचिव नियुक्त हुन सकेको छैन । यता युवा परिषदका कार्यकारी उपाध्यक्ष युवराज कुँवरको कार्यकाल अबको एक साताभित्र सकिदैछ ।

दुइवटै परिषद खाली भइरहेको अवस्थामा एमालेलाई प्रज्ञाप्रतिस्ठानको कुुलपति दिने आश्वासनमा मुख्यमन्त्री कमल बहादुर शाहले युवा र खेलकुद परिषद काग्रेंसबाटै नियुक्ती दिन खोजेका छन् । श्रोतका अनुसार केही दिनअघी नेकपा एमाले ससंदिय दलका नेता राजेन्द्र सिहं रावललाई मुख्यमन्त्री शाहले युवा र खेलकुद परिषद आफैले लिने गरी छलफल गरेका थिए । एमालेलाई प्रज्ञा प्रतिस्ठानको कुुलपति दिने प्रस्ताव सहित मुख्यमन्त्री शाहले राजेन्द्र सिहं रावल सित छलफल गरेका थिए । नेतृत्व सगंको सल्लाह पछि जवाफ दिने बताएका रावलले अहिले नियुक्त नगर्न आग्रह गरेका थिए ।

खेलकुद परिषद र सेती प्रादेशिक अस्पतालको अध्यक्ष तथा प्रज्ञा प्रतिस्ठान र युवा परिषदमा भागबण्डा हुने गरी यस अघी छलफल गरिएको थियो । तर अहिले युवा र खेलकुद काग्रेंसलेनै लिने गरी मुख्यमन्त्रीले प्रस्ताव गरेपछि परिषदको नियुक्त प्रक्रिया लम्बिने देखिएको हो । तर एमालेले पुर्व सहमती अनुसार खेलकुद परिषद अथवा युवा परिषद पाउनुपर्ने अडान राखेको छ । प्रदेश सरकार माथहत रहेका महत्वपुर्ण नियुक्तीमा काग्रेंसले एकलौटी गरे राजनिति गर्नुको अर्थ नरहेको भन्दै एमाले निकटका युवाहरु ऋाक्रोसित छन् । युवा र खेलकुद मध्ये एक परिषद एमालेको भागमा पर्नुपर्ने उनिहरुको तर्क छ ।


०७७ चैतमा चार वर्षका लागि खेलकुद परिषद्को सदस्य सचिवमा दीपकबहादुर सिंह नियुक्त भएका थिए । उनको कार्यकाल ९ चैतदेखि सकिएको छ । रिक्त पदमा नियुक्तिका लागि सत्तारुढ कांग्रेस र एमाले सम्मिलित कार्यदलबीच छलफल भए पनि नियुक्तिमा भने ढिलाइ भएको छ । २९ फागुन २०७८ मा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रादेशिक र प्रदेश मातहतका अन्य अस्पताल व्यवस्थापन समितिमा राजनीतिक नियुक्ति गरेको थियो । सेती प्रादेशिक अस्पतालको अध्यक्षमा नरबहादुर शाह र महाकाली प्रादेशिक अस्पतालमा कृष्णानन्द भट्ट नियुक्त भएका थिए ।

त्यस्तै, टीकापुर अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा झपटबहादुर सोडारी, अछाम जिल्ला अस्पतालमा शिव बोगटी, बाजुरामा मानबहादुर कार्की, बझाङमा सुनबहादुर सिंह, दार्चुलामा दीपक जोशी र बैतडी जिल्ला अस्पतालमा पार्वती भट्ट नियुक्त भएका थिए । सरकारले जिल्ला अस्पताल डोटीको अध्यक्षमा धनबहादुर नेपालीलाई २०७८ चैतमा नियुक्त गरेको थियो ।

सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीका अनुसार प्रदेश मातहतका सबै अस्पताल व्यवस्थापन समितिमा अध्यक्ष र सदस्यको पद रिक्त भएको छ । ‘आपसी समझदारीमा नियुक्त गर्ने विषयमा राजनीतिक दलहरूबीच सहमति छ,’ सचिव रेग्मीले भने, ‘अहिले नै नियुक्तिको प्रक्रिया भने अगाडि बढेको छैन । छिट्टै पदपूर्ति होला भन्ने आशा छ ।’

दुई प्रादेशिक अस्पतालमध्ये सेतीमा कांग्रेस र महाकालीमा एमालेले अध्यक्ष पाउनेबारे छलफल भएको बताइएको छ । प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको सिफारिसमा चारवटा पर्यटन क्षेत्र विकास तथा व्यवस्थापन समितिमा अध्यक्ष, कार्यकारी निर्देशक र सदस्य मन्त्रिपरिषद्ले नियुक्त गर्दै आएको छ । त्यसमध्ये अछामको वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिको अध्यक्षमा गोकुल भाट नियुक्ति भएका छन् ।

रामारोश पर्यटन क्षेत्र विकास तथा व्यवस्थापन समितिमा पनि अध्यक्षलगायतको पद रिक्त छ । यस्तै, खप्तड पर्यटन क्षेत्र विकास तथा व्यवस्थापन समिति पनि माघदेखि रिक्त छ । बडीकेदार क्षेत्र पर्यटन विकास समितिका अध्यक्ष देवबहादुर बोहराको कार्यकाल भने ०८२ असारसम्म छ । रिक्त रहेको प्रदेश नीति तथा योजना आयोगमा भने पदपूर्ति भइसकेको छ । आयोगको उपाध्यक्षसहित दुई सदस्य कांग्रेसको भागमा परेको छ भने दुई सदस्य एमालेले पाएको छ । यस्तै, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानमा कुलपति पद पनि रिक्त छ ।

प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवरको चार वर्षे कार्यकाल पनि सकिँदै छ । परिषद्मा उपाध्यक्ष नियुक्तिमा एमाले र काग्रेंसको दाबी छ । सत्तारुढ दल कांग्रेस र एमाले सम्मिलित राजनीतिक संयन्त्रको बैठकले तत्काल रिक्त पदमा नियुक्ति गर्ने सहमति गरेको थियो । रिक्त पदमा भागवन्डा गरी नियुक्त गर्ने कांग्रेस–एमालेले निर्णय गरेका थिए ।

clock मङ्गलबार ०६, जेठ २०८२ १५:३८

प्रतिक्रिया