सत्ता टिकाउन रेशम चौधरीलाई आममाफी दिइयो - कोइराला

  शनिबार २७, जेठ २०८० १२:२८

काठमाडौं  । सत्तारूढ नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता टिकाउन अदालतको आदेशविपरीत रेशम चौधरीलाई आममाफी दिने निर्णय गरेको आरोप लगाएका छन् । 

शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले दण्डहिनतालाई प्रश्रय दिनेगरी राष्ट्रपतिबाट तीनवटै तहको अदालतको आदेशविपरीत चौधरीलाई आममाफी दिएको बताए ।

चौधरीलाई आममाफी दिने कुराले अन्ततः लोकतन्त्रलाई नै कमजोर बनाउने उनको भनाइ छ । ‘हामी कहाँ दण्डहिनता बढ्दै गएकोमा मलाई चिन्ता लागिरहेको छ ।

"तीन तहका अदालतले गरेको निर्णयको मसी सुक्न नपाउँदै राष्ट्रपतिजीले माफी दिनु भयो," उनले भने, "सरकार टिकाउ यी कुराहरू गर्दाखरी लोकतन्त्र कमजोर हुन्छ।’

जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने सरकारको निर्णयप्रति पनि उनले आपत्ति जनाए ।

clock शनिबार २७, जेठ २०८० १२:२८

प्रतिक्रिया