काँग्रेस कैलालीले जिल्ला उपसभापति बडुवाललाई स्पष्टीकरण सोध्ने

  शनिबार २७, जेठ २०८० ११:०९

धनगढी । नेपाली काँग्रेस कैलालीले जिल्ला उपसभापति भिम बडुवाललाई स्पष्टीकरण सोध्ने भएको छ ।

नेपाली काँग्रेस कैलालीको १२ औ जिल्ला समितिको कैलालीको चुरे ५ सहजपुरमा बसेको बैठकमा सम्मेलनको समिक्षाको एजेण्डमा कुरा उठेपछि जिल्ला समितिको उक्त निर्णय गरेको हो ।

‘जिल्ला सम्मेलन अघि लम्कीमा सम्पादन समितिले बैठकले एजेण्डा पारित गरेको थियो’ बैठकमा जिल्ला सदस्य लोकेन्द्र भण्डारीले भने–‘यो संगठन बिधि र प्रकियाले चल्ने हो, कसरी फरक प्रस्ताव आयो । यसले पार्टीलाई नै कमजोर बनाउछ’ उनले भने । 

बैठकमा यसका बारेमा घनिभुत छलफल हुनुपर्छ भण्डारीले भनेका थिए । यसरी फरक ऐजेण्डा प्रस्तुत गरेर जिल्ला समितिमा भाड भैलो गरेकोले पार्टीको छवि जिल्ला राम्रो सन्देश नगएको नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर १ का सभापति प्रकाश शाहले बैठकमा कुरा उठाएका थिए ।

बैठकमा सहभागिहरुले यसका बारेमा उपसभापति बडवाललाई जवाफ माग्न दवाब दिएका थिए । बैठकमा भने उपसभापति बडवाल उपस्थिती थिएनन् ।

clock शनिबार २७, जेठ २०८० ११:०९

प्रतिक्रिया