धनगढी उपमहानगरले गर्‍यो ५५३ जनाको स्वास्थ्य बिमा

  बुधबार ३१, बैशाख २०८२ १५:००

धनगढी । धनगढी उपमहानगरपालिकाले ५५३ जना नागरिकको स्वास्थ्य बिमा गरेको छ। उपमहानगरको वार्षिक स्वीकृत कार्यक्रमअनुसार निर्माणाधीन ल्याण्डफिल क्षेत्र नजिकका  ११५ परिवारको स्वास्थ्य बिमा गरिएको उपमहानगरले जनाएको छ।

७ नम्बर वडा कार्यालयको सिफारिसमा उपमहानगरले  २७५ महिला २५८ पुरुष गरी ५३३ जनाको  स्वास्थ्य बिमा गरेको हो। उपमहानगरले ४ लाख ५३ हजार ६ सय रकमको स्वास्थ्य बिमा गरेको जनाएको छ।

clock बुधबार ३१, बैशाख २०८२ १५:००

प्रतिक्रिया