बजेट गोर्खा, डडेलधुरा र नुवाकोटमा केन्द्रित भएको एमाले सचिव बिष्टको आरोप

  शुक्रबार २६, जेठ २०८० १४:३४

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का सचिव एवं सांसद गोकर्ण विष्टले गोर्खा, डडेलधुरा र नुवाकोटमा केन्द्रित हुनेगरी बजेट आएको आरोप लगाउनु भएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भागलिँदै उहाँले सत्तारुढ दलका शिर्ष नेताहरुको पहुँचमा हुने गरी बजेट आएको भन्दै मान्य नहुने बताउनु भएको हो । 

सचिव विष्टले बजेटले मुलुकको आर्थिक मन्दीलाई सम्बोधन गर्न नसक्ने दावी समेत गर्नु भयो ।

उहाँले बजेटले मुलुकको समस्या समाधान गर्न नसक्ने बताउनुभयो । सचिव विष्टले भन्नु भयो– ‘डडेलधुरामा बजेट बढ्यो रे, गोर्खामा बजेट बढ्यो रे । नुवाकोटमा बजेट बढ्यो रे । क्रमागत आयोजनाहरु काटिन्छन । तर आज केही पहुँचका आधारमा योजनाहरु, बजेटहरु केन्द्रित भएको छ । 

आज विधि र न्याय स्थापित भएन । एउटा भनाई छ–लथालिंग देशको, भताभंग चाला । जो जसले सक्छ, उसले खाला । आज बजेटमा यही प्रकारको अवस्था उत्पन्न भएको छ ।’

सचिव विष्टले वर्तमान सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटले मुलुकमा विद्यमान कुनै पनि समस्या सम्बोधन हुन नसक्ने बताउनु भयो । डडेलधुरा कांग्रेस सभापति देउवाको जिल्ला हो भने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गत निर्वाचनमा गोर्खाबाट निर्वाचित हुनुभएको थियो । 

त्यसैगरी वर्तमान अर्थमन्त्री डा। प्रकाशशरण महतको गृह जिल्ला नुवाकोट हो । सचिव बिष्टले त्यसकारण यी तीनवटा जिल्लामा बजेट केन्द्रित भएको दाबी गर्नुभएको हो ।

clock शुक्रबार २६, जेठ २०८० १४:३४

प्रतिक्रिया