बेलौरीका स्कुलमा ५ दिन गर्मी बिदा

  बिहिबार २५, जेठ २०८० १६:०७

महेन्द्रनगर। कञ्चनपुरको बेलौरी नगरपालिकाले गर्मी बिदा दिएको छ। अत्याधिक गर्मी हुनथालेपछि नगरपालिकाले ५ दिन बिद्यालय बन्द गर्ने निर्णय गरेको हो। 

नगरपालिकाले आज एक सुचना जारी गर्दै भोलि जेठ २६ गते देखि ३० गतेसम्म बिद्यालय बन्द गर्न पालिका भित्रका सबै सामुदायिक र सस्थागत बिद्यालय लाई अनुरोध गरिएको छ।

हाल बढिरहेको अत्यधिक गर्मीका कारण शिक्षक र विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको हुदा वर्षे विदाबाट मिलान हुने गरि यही जेठ २६ गतेदेखि ३० गतेसम्म विद्यालय बन्द गर्न पालिकाले भनेको हो। 

clock बिहिबार २५, जेठ २०८० १६:०७

प्रतिक्रिया