सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रममा आजदेखि छलफल हुने

  बिहिबार २५, जेठ २०८० ११:०४

धनगढी । सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रममा आजदेखि छलफल हुने भएको छ । प्रदेश प्रमुख देवराज जोशीले बुधबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफल हुने भएको हो ।

कृषिलाई प्राथमिकता राखेर पेश भएको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रदेश सभा सदस्यहरूले भाग लिने छन् । छलफल ३ बजेदेखि शुरू हुने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए ।

clock बिहिबार २५, जेठ २०८० ११:०४

प्रतिक्रिया