राष्ट्रिय युवा संघ नेपालको विदेश विभाग प्रमुखमा शाह

  बुधबार २४, जेठ २०८० १८:३९

धनगढी । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको विदेश विभाग प्रमुखको जिम्मेवारी विनय शाहलाई प्रदान गरिएको छ।

केन्द्रीय कमिटी सचिवसमेत रहेका कैलालीका शाहलाई केन्द्रिय कमिटी बैठकले विदेश विभाग प्रमुख तोकेको हो।

संगठनको दैनिक कामलाई सहजीकरण गर्नका लागि जिम्मेवारी तोकिएको जनाइएको छ।

शाह यसअघि सुदूरपश्चिम प्रदेशको संयोजक थिए।

clock बुधबार २४, जेठ २०८० १८:३९

प्रतिक्रिया