राष्ट्रिय युवा संघ नेपालको सुदूरपश्चिम संयोजकमा मल्ल, सह-संयोजकमा कुँवर

  बुधबार २४, जेठ २०८० १२:००

धनगढी । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको सुदूरपश्चिम प्रदेश संयोजकको जिम्मेवारी डडेल्धुराका भरत मल्ललाई दिइएको छ।

केन्द्रीय कमिटी सदस्य समेत रहेका मल्ललाई संगठनको केन्द्रीय कमिटी बैठकले निर्णय गर्दै उक्त जिम्मेवारी दिएको हो।

यस्तै अर्का केन्द्रीय सदस्य अरुण कुँवरलाई भने सुदूरपश्चिम प्रदेशको सह-संयोजक तोकेको छ। उनी कैलालीका हुन्।

संगठनको दैनिक कामलाई सहजीकरण गर्नका लागि जिम्मेवारी तोकिएको जनाइएको छ।

clock बुधबार २४, जेठ २०८० १२:००

प्रतिक्रिया