बैतडीको हाटमा तीन दिने बृहत स्वास्थ्य शिविर हुने

  मङ्गलबार ०३, बैशाख २०८२ १६:०८

धनगढी । बैतडीमा तीन दिने बृहत स्वास्थ्य शिविर हुने भएको छ । बैतडी समाज कैलाली र पुर्चौडी नगरपालिकाले बैतडीको पुर्चौडीमा तीन दिने बृहत स्वास्थ्य शिविरको आयोजना गर्ने भएको हो ।

धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले वैशाख ५ देखि ७ गतेसम्म हुने बृहत शिविरमा हाडजोर्नी तथा नसारोग, पेट, छाती, सुगर तथा प्रेसर, स्त्री तथा प्रसुती रोग, बालरोग, मुत्रनली तथा पत्थरी, मुटु रोग, मानसिक रोग, दाँत सम्बन्धी जाँच गरिनुका साथै प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, ईसिजी सेवा, निशुल्क औषधी वितरण, आँखा सम्बान्धी चेकजाँच, पावर चस्मा तथा मोतीबिन्दुको अप्रेसन हुने जनाएको छ ।

स्वास्थ्य शिविरमा आँखा सम्बन्धी जाँच भने ६ र ७ गते हाट स्वास्थ्य चौकीको पुरानो भवनमा हुनेछ भने ६ गते रक्तदान कार्यक्रम हुने बृहत स्वास्थ्य शिविर कार्यक्रम संयोजक गजेन्द्र चन्दले बताए ।

हरेकका बर्ष गरिने गरेको यसबर्षको बृहत स्वास्थ्य शिविरबाट ७ हजारले निशुल्क स्वास्थ्य सेवा पाउने बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्टले जानकारी दिए ।

clock मङ्गलबार ०३, बैशाख २०८२ १६:०८

प्रतिक्रिया