खप्तडको विकासका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

  मङ्गलबार २३, जेठ २०८० १८:३५

धनगढी । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले खप्तड क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहने बताएका छन् ।

मंगलबारदेखि खप्तडमा सुुरु भएको खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले खप्तड क्षेत्र विकास कोष वा प्रतिष्ठानको मोडालिटीमा काम अघि बढाउने योजना सरकारको रहेको बताएका हुन् ।


दाहालले सोही कार्यका लागि खप्तड क्षेत्रको विकासका लागि लगानी बोर्डले डीपीआर समेत तयार गरिसकेको जानकारी दिएका छन् ।

खप्तडमा अन्तराष्ट्रिय आध्यात्मिक केन्द्र बनाउने प्रतिबद्धता समेत प्रधानमन्त्रीले जनाएका छन् । ‘खप्तड आर्थिक विकासको केन्द्र र पर्यटन विकासको केन्द्र बन्छ,’ प्रचण्डले भने, ‘यो क्षेत्रलाई पर्यटन मैत्री आध्यात्मिक केन्द्रको रुपमा विकास गर्छौं ।’


आध्यात्कि सम्मेलनको उद्घाटन सत्रमा भारतीय योग गुरु रामदेवले खप्डत आध्यात्मकको विश्व केन्द्र बन्न सक्ने बताए ।

३ दिनसम्म चल्ने सम्मेलन सुदूरपश्चिम प्रदेश सरकार, पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, खप्तड पर्यटन विकास समितिसहितका स्थानीय तहको समन्वयमा पहिलो पटक अध्यात्मिक सम्मेलनको आयोजना गरिएको हो ।

clock मङ्गलबार २३, जेठ २०८० १८:३५

प्रतिक्रिया