सुदूरपश्चिमका १२ क्याम्पसको स्ववियु नतिजा सार्वजनिक, को कहाँ विजयी ?
धनगढी । सुदूरपश्चिम विश्वविद्यालयका १४ आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन भएकोमा १२ क्याम्पसको नतिजा सार्वजनिक भएको छ ।
१२ मध्ये सात क्याम्पसमा जित हासिल गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) पहिलो भएको छ भने अनेरास्ववियुले पाँच क्याम्पसमा जित निकालेको छ । माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले भने अहिलेसम्म खाता खोल्न सकेको छैन ।
दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरिया - भुवन महरा (नेविसंघ)
जगन्नाथ बहुमुखी क्याम्पस बैतडी - रोशन भट्ट (नेविसंघ)
मणिलेक क्याम्पस बैतडी - मनोजदत्त ओझा (नेविसंघ)
त्रिवेणी बहुमुखी क्याम्पस डडेल्धुरा - प्रकाश अवस्थी (नेविसंघ)
दार्चुला बहुमुखी क्याम्पस दार्चुला - प्रकाश बडू (नेविसंघ)
सीताराम बहुमुखी क्याम्पस डोटी - उमेश बलायर (नेविसंघ)
बडीमालिका क्याम्पस बाजुरा - सविन रावत (नेविसंघ)
जयपृथ्वी क्याम्पसमा बझाङ - तिलकचन्द्र बोहरा (अनेरास्ववियु)
पाटन बहुमुखी क्याम्पस बैतडी - सञ्जय भण्डारी (अनेरास्ववियु)
जोरायलस्थित घण्टेश्वर बहुमुखी क्याम्पस डोटी - सुरत बोहरा (अनेरास्ववियु)
गोकुलेश्वर बहुमुखी क्याम्पस दार्चुला - सुनिल डागा (अनेरास्ववियु)
बाजुरा क्याम्पस बाजुरा - लक्ष्मण रोकाया )अनेरास्ववियु)
सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पससहितका १६ क्याम्पसमा निर्वाचन तोकिएको थियो । तर, केन्द्रीय क्याम्पसमा विवादका कारण चुनाव स्थगित भएको छ भने अछामको जनता क्याम्पसमा पनि चुनाव हुन सकेको छैन । बुधबार नै मतदान भइसकेका कैलाली बहुमुखी क्याम्पस र टीकापुर बहुमुखी क्याम्पसमा भने मतगणना सुरु हुन सकेको छैन ।
प्रतिक्रिया