बझाङको जयपृथ्वी क्याम्पसमा अनेरास्ववियुका बोहोरा तीन मतले विजयी

  बिहिबार २८, चैत २०८१ ११:२८

बझाङ । बझाङको जयपृथ्वी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका तिलक चन्द्र बोहरा तीन मतले विजयी भएका छन्। उनले नेविसंघका विवेक बोहरालाई तीन मतले पछि पार्दै १२५ मत प्राप्त गरेर विजयी हुन्।

 उनका प्रतिद्वन्द्वी नेविसंघका विवेक बोहराले १२२ मत प्राप्त गरेका थिए। अखिल क्रान्तिकारीका मान बहादुर धामीले ५९ मत प्राप्त गरे। अखिल समाजवादीका प्रवीण महरले २ मत प्राप्त गरेका छन्। सभापति बाहेक अन्य पदमा भने, नेविसंघको पुरै प्यानलले जितेको छ।

सचिवमा नेविसंघका लोकेशराज जोशीले १२२ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी क्रान्तिकारीकी अञ्जना कामीले ९३ मत प्राप्त गरेकी छन्। अनेरास्ववियुका ध्रुवराज जोशीले ८९ मत प्राप्त गरे।

कोषाध्यक्षमा नेविसंघकी स्मृति कुमारी सिंहले १३२ मत ल्याएर विजयी भएकी छन्। उनका प्रतिद्व दन्द्वि अनेरास्ववियुकी सारदा बोहराले ९९ मत प्राप्त गरेको छ। यस्तै अखिल क्रान्तिकारीकी रमा जोशीले ७० मत प्राप्त गरेकी छन्।

स्ववियु सदस्यमा नेविसंघकी आशिका जोशी, सबिता बम, चाँदनी उपाध्याय, धनिसा बोहरा, धनसरा रोकाया र दीपक चौहान विजयी भयका छन्।

clock बिहिबार २८, चैत २०८१ ११:२८

प्रतिक्रिया