जयगढका अग्निपीडितलाई कांग्रेस अछामद्वारा एक लाख सहयोग

  बुधबार २७, चैत २०८१ १५:३३

अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारका आगलागी पीडितलाई नेपाली कांग्रेस अछामले एक लाख सहयोग गर्ने भएको छ । कांग्रेस अछामका सहसचिव दिनेशकुमार अनुसार जयगढका आगलागी पीडितलाई एक लाख सहयोग गरिने भएको हो ।

आगोले जयगढबजार तहसनहस भएकाले राहतका लागि कांग्रेस अछामले सहयोग गरेको सहसचिव स्वारले बताउनभयो । विपतको घडीमा सबैले सहयोग गर्ने उहाँले सबैलाई आग्रह गर्नु भएको छ ।

मङ्गलबार साँझ ७ः२० बजे ग्यास सिलिन्डर विस्फोट भएर सल्केको आगो राति १२ः३० बजे नियन्त्रणमा आएको थियो । आगलागीबाट सात करोडभन्दा बढीको धनमाल क्षति भएको अनुमान गरिएको छ । 

जयगढ बजारमा रहेका १० वटा ढुङ्गा माटोले बनेको घर, १५ वटा टीनले बनेको कच्ची घर र दुई वटा पक्की घर गरी २७ वटा घर तथा पसलहरू पूर्णरूपमा जलेर नष्ट भएका छन् ।

clock बुधबार २७, चैत २०८१ १५:३३

प्रतिक्रिया