अछाम आगलागी पिडितलाई राहत तथा क्षतीपुर्ती दिन एमालेको माग
धनगढी । अछाममा आगलागीबाट पिडित भएका नागरिकलाई राहत तथा क्षतीपुर्ती उपलब्ध गराउन एमालेले माग गरेको छ । नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटिका अध्यक्ष कृष्ण प्रसाद जैशी र ईन्चार्ज लेखराज भट्टद्वारा हस्ताक्षरित बिज्ञप्तीमा आगलागीबाट भएको क्षतिको मूल्याङ्कन गराई क्षतिपूर्ति उपलव्ध गराउन तथा तत्कालको लागि राहतको समेत व्यवस्था गर्न तीन तहका सरकार, नेपाल रेडक्रस सोसाइटी, विमा कम्पनी लगायत सरोकारवालाहरु सगं आग्रह गरिएको छ ।
२०८१ चैत्र २६ गते सांझ अछामको बान्नीगढ़ी जयगढ़ गाउँपालिकाको जयगढ़ बजारमा आईएमई सेन्टरको कार्यालय राखिएको घरमा ग्यास सिलिण्डर पड्कएको कारण आगलागी भएको थियो ।
“सांघुरो बाटो, जोडिएका जस्तापाता लगायतका पसल÷घरहरु रहेकाले दमकल र उद्धार टोलीलाई आउन लागेको समय, डोजर र दमकललाई नजिकबाट काम गर्न कठिनाई तथा पानीको समेत कमीका कारण आगो नियन्त्रणमा लिन रातको करिव १ः३० बजे मात्र सम्भव भएको र ३१ वटा घर सहित कराडौंको क्षति भएको छ” बिज्ञप्तीमा उल्लेख छ ।
बिज्ञप्तीमा भनिएको छ “प्रभावित परिवार तथा व्यापारीहरुमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै गहिरो दुखका साथ सहानुभुति व्यक्त गर्दछौं ।”
प्रतिक्रिया